मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

दुर्गमका बालबालिकालाई झोला र न्यानो कपडा वितरण

उमेश रोकाया
२०८२ कार्तिक १५ | मध्यान्ह ०९:०७ बजे

बाजुरा , कार्तिक १५ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिका ५ सय २५ जना विपन्न बालबालिकालाई झोला र न्यानो कपडा वितरण गरिएको छ ।

लाइन्स कलब अफ काठमाडौ सहयोगमा स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. १ मुक्तिकोटमा पर्ने मण्डाली आधारभूत विधालय खाेलीकाेटमा ३ सय ६५ र मण्डाली आधारभुट विधालय मुक्तिकाेटमा १ सय ६० जना बालबालिकाहरुलाई झोला र न्यानो कपडा वितरण गरिएको हो ।

‎मुक्तिकाेट जस्ताे बिकट दुर दराजका अति विपन्न वालवालिकाहरूलाई झोला र न्यानो कपडा पाउदा खुसी भएका छन । यसले हिउँदको सिजनमा चिसोलाई छल्ने न्यानो कपडाले पढाई थप प्रभावकारी हुने कतिपय विद्यार्थी झोलामा किताब बोक्नुपर्ने अवस्थालाई समाधान भएको छ । सहयोगी हातहरुलाई धेरै धन्यवाद समेत दिएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

वितरण कार्यक्रम स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया, लाइन्स कलब अफ काठमाडौ अध्यक्ष रन्जु थापा , पुर्व अध्यक्ष सुनिता मरहठा शर्मा, पूर्व सुचना आयुक्त/लायन्स सदस्य, स्थानीय सहित विधालय बालबालिकाहरु बाक्लो सहभागिता झोला र न्यानो कपडा वितरणकार्यक्रम सम्पन्न गरिएको हो ।

कमेन्टहरु