खेलकुद

भारतविरुद्धको मैत्रीपूर्ण फुटबल : पहिलो हाफमा १–१ को बराबरी

नवलपुर टुडे
२०८२ कार्तिक १२ | मध्यान्ह ०६:०७ बजे

काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलको पहिलो हाफ १–१ को बराबरीमा समाप्त भएको छ । बुधबार भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा घरेलु टोली भारतलाई टोलीकी सौम्या गुगूल्टोहले अग्रता दिलाएकी थिइन् । सौम्याले ३०औँ मिनेटमा भारतलाई अग्रता दिलाइन् । 

पहिलो हाफको इन्जुरी टाइममा नेपालकी रश्मिकुमारी घिसिङले गोल गर्दै टोलीलाई खेलमा फर्काइन् । यो नेपाल र भारतबिचको ‘अनअफिसियल’ मैत्रीपूर्ण फुटबल हो । यसअघि नेपालले इरान, घरेलु टोली सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा भारतलाई २–१ ले हराएको थियो ।

मैत्रीपूर्ण फुटबलमा नेपाल फरवार्ड सावित्रा भण्डारी, गोलकिपर एन्जिला तुम्बापो सुब्बा र मिडफिल्डर प्रीति राई विना उत्रिएको छ । खेलमा सावित्राको अनुपस्थितिमा अनिता बस्नेतलाई कप्तानको जिम्मेवारी दिइएको छ ।

कमेन्टहरु