नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

रासस
२०८२ कार्तिक ११ | मध्यान्ह ०३:०७ बजे

त्रिशूली (नुवाकोट), कात्तिक ११। यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको सिमसिमे वर्षाका बीच पनि आज किसान धान काट्ने, चुट्ने र भित्र्याउने काममा जुटिरहेका छन् ।
चाडपर्वका कारण पाकिसकेको धान समयमा नै भित्र्याउन नपाउँदा बाला झुरिएर झर्ने अवस्था देखिएको र अझ ढिला गर्दा थप क्षति हुने चिन्ताले किसान वर्षालाई बेवास्ता गर्दै हतार–हतार धान भित्र्याउन व्यस्त भएका छन् । कतिपय ठाउँमा काटिसकेको धान सुरक्षित गर्न समस्या भएको छभने भिजेको धान चिसोका कारण बिग्रनसक्ने भन्दै किसानले चिन्ता जनाएका छन् ।


















