आज पनि बढ्यो सुनको मूल्य

रासस
२०८२ कार्तिक ३ | मध्यान्ह १२:०७ बजे

काठमाडौँ, कात्तिक ३ । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा रु ३०० बढेको छ ।आज सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार प्रतितोला रु दुई लाख ५३ हजार २०० मा किनबेच भएको थियो ।


















