नवलपुरमा ट्याङ्करको ठक्करबाट स्कुटी चालकको मृत्यु, दुईजना घाइते


कावासोती । नवलपुरको मध्यबिन्दु न.पा. ८ गडारखोला नजिकै पूर्व पश्चिम राजमार्गमा चोरमाराबाट अरुणखोला तर्फ जाँदै गरेको लु ५५ प २९४८ नम्बरको स्कुटरलाई नारायणगढबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ६६३४ नम्बरको तेल लोड ट्याङकरले ठक्कर दिदा स्कुटर चालक मध्यबिन्दु नगरपालिका-१३ मैनाघाट बस्ने बर्ष ४०।४२ को बिर बहादुर सिँजालीको उपचारको क्रममा मध्यबिन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटरको पछाडी स्वार दुई जना घाईते भएका छन । घाईतेहरु मध्यबिन्दु नगरपालिका- ७ अम्रसा बस्ने बर्ष २३ को चन्द्र बहादुर गाहा (टाउको र हातखुट्टामा चोट) र मध्यबिन्दु नगरपालिका- ९ बसन्तपुर बस्ने बर्ष ३१ को समिर जंग कुमाल (टाउको र बाँया हातमा चोट) अवस्था मध्यम रहेको र घाईतेहरुलाई उपचारको लागी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
ट्याङकर घटनास्थलबाट १५ मिटर तल झरेको छ ।घटनास्थलबाट स्कुटर र ट्याङकरसहित चालक जिल्ला सल्यान शारदानर नगरपालिका- १४ घर भई हाल दाङ तुल्सिपुर उपमहानगरपालिका- ६ बस्ने बर्ष ४७ को खलकराम भण्डारीलाई प्रहरी चौकी अरुणखोलाको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारीले जनाएको छ ।























