देश

कांग्रेस, माओवादी र जसपाका शीर्ष नेताहरुबिच बैठक शुरु

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह ०६:०४ बजे

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषदको विस्तारबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबिच बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल शुरु भएको हो ।

छलफलमा मन्त्रिपरिषद विस्तार र दलहरुबीच मन्त्रालय बाँडफाँट तथा भगबण्डाका विषयमा छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

कमेन्टहरु