बिश्व

पोर्चुगलमा बुर्का र निकाबमाथि प्रतिबन्ध, संसदबाट नयाँ कानून पारित

एजेन्सी
२०८२ कार्तिक २ | बिहान १०:०७ बजे

पोर्चुगलको संसद्ले शुक्रवार सार्वजनिक स्थानमा बुर्का र निकाब लगाउन प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। यो विधेयक दक्षिणपन्थी पार्टी चेगाले पेस गरेको थियो।यो कानूनअनुसार सार्वजनिक स्थानमा बुर्का वा निकाब लगाउनेलाई दुई सयदेखि चार हजार युरोसम्म जरिवाना हुन सक्छ। साथै, कसैलाई बुर्का लगाउन बाध्य पार्न प्रयास गर्नेलाई तीन वर्षसम्म जेल सजाय हुन सक्छ।

तर, हवाईजहाज, धार्मिक स्थल र दूतावासमा बुर्का लगाउन अनुमति हुनेछ। राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले यो विधेयकमा हस्ताक्षर गर्न बाँकी छ। उनले यसलाई रोक्न वा अदालतमा पठाउन सक्छन्।संसदमा बहसका क्रममा केही वामपन्थी महिला सांसदले यो नियमको विरोध गरे र ‘चेगा’ पार्टीका नेता आन्द्रे भेन्चुरासँग बहस गरेका थिए। तर अन्य दक्षिणपन्थी दलको समर्थनमा विधेयक पारित भयो।

सत्तारुढ दलकी सांसद एन्ड्रिया नेटोले भनिन्, ‘यो नियम पुरुष र महिला बिचको समानताको लागि हो। कसैलाई पनि अनुहार ढाक्न बाध्य पार्नु हुँदैन।’ 

कमेन्टहरु