गृहकार्य नगरेकाे भन्दै ६ वर्षीय बालिकालाई शिक्षिकाले पिट्दा शरीर भरी निलाे डाम


कपिलवस्तु । कपिलवस्तुकाे बुध्दभूमि नगरपालिका-९ इमिलियामा अवस्थित श्री माध्यमिक विद्यालयमा एक ६ वर्षीय बालिकाले गृहकार्य नगरेको भन्दै शिक्षिकाले बालिकालाई बेस्सरी पिट्दा पिठ्युँमा निलाे डाम बसेकाे छ । शिक्षिका अन्जु पाैडेलले गृहकार्य नगरेकाे आक्राेशले कक्षा युकेजीमा अध्ययनरत सरिनाबेल्बालेलाई पिट्दा शरीर र पिठ्युँ सुन्निएकाे र निलाे डाम बसेकाे पिडित बालिकाकी आमा सरिता बेल्बासेले जनाइन् ।
आमाले भनिन् “आजै छाेरीकाे टाउकाेेमा घाेपिएकाे पेन्सिलकाे टुडाे निकालेँ । यस भन्दा पहिला पनि यसरी छाेरीलाई शिक्षिकाले पिटेकाे कुरा आए पनि सामान्य विषय हाे भन्दै खासैे ध्यान दिएकाे थिएन । आज बसबाट झर्दा झाेला बाेक्न सक्ने अवस्था थिएन ।”
छाेरीले रुदैँ मेमले पिट्दा बेस्सरी शरिर दुखिरहेकाे भन्दै आमाले दुख व्यक्त गरिन् । उनले प्रधानाध्यापक दिनेश खनाललाई घटनाबारे जानकारी गराउँदा समेत बेवास्ता गरेकाे गुनासो गरिन् । उनले फाेनसमेेत रिसिभ नगरेकाे भन्दै यसरी विद्यालयमा बच्चालाई यातना दिँदा कसरी सुरक्षित वातावरण महसुस गर्ने ? सानाे बच्चालाई पिठ्युँ र टाउकाेमा निल डाम बस्ने गरि पिटेको आरोपमा शिक्षिकालाई कारवाहीकाे माग गरिन् ।
आमा सरिता बेल्बासेका अनुसार शिवराज नगरपालिका-३ खरेन्द्रपुरमा रहेकाे बुद्द पाेलिक्लिनिक अस्पतालमा छाेरीकाे औषधी उपचार र एक्स-रे गराइएको छ । पिटाईले मांसपेशीमा बढी चाेट लाग्दा निलाे डाम बसेकाे छ । विद्यालयको प्रशासनलाई घटना बारे जानकारी गराएका छन् र पहलको अपेक्षा गरेका छन्।
विद्यालयमा यस्ताे घटनाले शिक्षाको वातावरणको बारेमा गम्भीर प्रश्न उठाएको छ । यस घटनाले विद्यालयका अन्य विद्यार्थी र अभिभावकहरूबीच चिन्ता उत्पन्न गरेको छ । शिक्षिकाको यस्तो व्यवहारले शिक्षा र बाल अधिकारको उल्लङ्घन भएको आरोप लगाइएको छ । साथैबिद्यालय मा दिनेस खनाल आए देखि खाजा कार्यक्रम, बिद्यार्थी भर्ना ,भवन निर्माण तथा मर्मत जस्ता बिषयमा व्यापक जनगुनासो आएको स्थानिय ले जनाए। घटना २०८२/६ ३० गरेको हो ।























