कास्कीमा गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह ०३:०४ बजे

कास्की । कास्कीमा प्रहरीले गोरु काट्दै गरेको अवस्थामा ५ जनालाई पक्राउ गरेका छन् ।
माछापुच्छ्रे गाउँपालिका २ कस्केरीस्थित हाईमान तामाङको कुखुरा फर्ममा गोरु काट्दै गरेको अवस्थामा सोही ठाउँको बासिन्दा ५६ वर्षीय कुल बहादुर बिक लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
उक्त फर्ममा गोरु काटीरहेको जानकारी प्राप्त हुनासाथ सार्दीखोला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गोरु काट्दै गरेको अवस्थामा १ थान बन्चरो, १ थान हसिँया, ३ थान खुकुरी र २ थान चक्कुसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ ।






















