‘महाभारत’का ‘कर्ण’को निधन

एजेन्सी
२०८२ अशोज २९ | मध्यान्ह ०२:०६ बजे

नयाँ दिल्ली । बी.आर. चोपडाको चर्चित धार्मिक टेलिशृङृखला महाभारतमा कर्णको भूमिका निर्वाह गरेका प्रसिद्ध भारतीय अभिनेता पंकज धीरको निधन भएको छ । उनी लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए । पंकज धीरले कयौं हिन्दी फिल्म र टिभी सिरियलहरूमा काम गरेका थिए । उनी महाभारत, चन्द्रकान्त, युग, द ग्रेट मराठा र बढो बहू जस्ता टिभी शृङ्खलामा देखिएका थिए।
उनले सडक, सोल्जर र बादशाह जस्ता फिल्महरूमा पनि साना भूमिका निर्वाह गरेका थिए । उनका छोरा निकितिन धीर एक अभिनेता हुन् । निकितिनले कृतिका सेंगरसँग विवाह गरेका छन् । धीरले १९८८ को महाभारतमा कर्णको भूमिका निर्वाह गरेर मन जितेका थिए ।


















