चार्ली कर्कलाई अमेरिकाको सर्वोच्च नागरिक सम्मान


नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार स्वर्गीय युवा रूढिवादी नेता चार्ली कर्कलाई मरणोपरान्त राष्ट्रको सर्वोच्च नागरिक सम्मान प्रेसिडेन्सियल मेडल अफ फ्रिडम प्रदान गरेका छन् । कर्कको ३२ औं जन्मदिनमा आयोजित विशेष समारोहमा कर्ककी पत्नीले यो पुरस्कार ग्रहण गरेकी थिइन् । कर्कले युवाहरूलाई राजनीति र देशभक्तिको बाटोमा प्रेरित गरेको ट्रम्पले ह्वाइट हाउस रोज गार्डेनमा आयोजित समारोहमा बताए । उनले कर्कलाई स्वतन्त्रताको आवाज उठाउने एक सच्चा अमेरिकी नायक बताए । कर्क टर्निङ प्वाइन्ट युएसएका संस्थापक थिए ।
उनलाई अमेरिकी दक्षिणपन्थी राजनीतिको उदाउँदो व्यक्तित्व मध्ये एक मानिन्थ्यो । गत महिना युटा भ्याली युनिभर्सिटीमा एक कार्यक्रमको क्रममा भएको गोलीबारीमा उनको मृत्यु भएको थियो । कर्कको अन्त्येष्टिको क्रममा ट्रम्पले उनलाई एक महान् अमेरिकी नायक र स्वतन्त्रताको लागि शहीद भनेका थिए ।


















