देश

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने घोषणा

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह १२:०४ बजे

काठमाडौं । नव नियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफुले सरकारी सुविधा नलिने बताएका छन् ।

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले सुरक्षा सेवा बाहेक अन्य कुनै पनि सरकारी सेवा सुविधाहरु नलिने घोषण गरेका हुन् ।

आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा बताएका छन् । उनले आफू संलग्न रहेका सम्पूर्ण व्यवसायमा अबदेखि आवद्ध नहुने पनि बताएका छन् ।

कमेन्टहरु