बजार/ब्यबसाय, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

कोल्टीमा दुई सातादेखि अवरुद्ध विद्युत सञ्चालन

उमेश रोकाया
२०८२ अशोज २७ | मध्यान्ह १०:०६ बजे

बाजुरा , असोज २७ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिका -२ कोल्टी बजारमा दुई हप्ता देखि अवरुद्ध भएको विद्युत सञ्चालनमा आएको छ । दशै टिकाको दिन गतेदेखि अवरुद्ध बड्डिगाड जलविद्युत आयोजना पुनः सञ्चालनमा ल्याएको हो ।

‎बुढिनन्दा नगरपालिका विशेष सहयोगमा दुई सातादेखि अध्यारो कोल्टी र गाउँ बस्ती अहिले उज्यालोमा बसेका छन । बिग्रेको ठाउँमा मर्मत गराएर आज बल्ल विद्युत मर्मत गर्ने काम सम्पन्न गरे संगै कोल्टी बजार र गाउँमा बिजुली झिल्लीमिली भएको बुढिनन्दा नगरपालिका प्रवक्ता जंगवीर रोकायाले बताउनुभयो ।

‎अविरल वर्षाले गर्दा विद्युतको नहर भत्किएको हुँदा स्थानीय अध्यारो बस्न पर्ने अवस्था भएको हो । अवरुद्ध भएको ठाउँ – ठाउँमा आफू सहित युवाहरू लगाएर काम गराइरहेको हो । आज बजारका व्यवसायी विद्युत पुनः सञ्चालनमा ल्याउदा खुशी व्यक्त गरेका छन । केही कारणले विद्युत अवरुद्ध हुन सक्छ ।

‎त्यसको लागी सिङ्गो नगरपालिका लागिरहेको छ । विगत जेसुकै भयो आउँदा दिनहरूमा जनता हकहितका लागि आफ्नो कदम कहिल्यै पछाडी नहट्ने बाचा गरेको बुढिनन्दा नगरपालिका प्रवक्ता रोकायाले बताउनुभयो ।

कमेन्टहरु