धर्म–संस्कृति/रीतिथिति

कीर्तिपुरको द्यः प्याखं ‘देवी नाच’ पांगामा प्रदर्शन (भिडियाेसहित)

रिदेन महर्जन
२०८२ अशोज २७ | मध्यान्ह ०२:०६ बजे

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाको पांगामा इतिहासमै प्रथम पटक द्यः प्याखं ‘देवी नाच’ पांगामा असोज २४ गते शुक्रबार प्रदर्शन गरिएको छ । पांगाको धुसि टोलको गणेश मन्दिरमा करिब ७ बजे देखि सुरु भएको यस नाचको आयोजक तःननी दाफा खललाई भव्य रुपमा स्वागत धुसि दाफा खलले भव्य रुपमा स्वागत गरिएको थियो ।

देवीदेवताको अन्य नाच भन्दा रमाइलो रहेको यो देवी नाच कीर्तिपुरको मात्र नभई नेपालकै धार्मिक, एैतिहासिक तथा सांस्कृतिक रुपमा महत्वपूर्ण नाच हेर्न स्थानीय बालकदेखि लिएर जेष्ठ नागरिकहरु उल्लेखनिय उपस्थिति जनाइएको थियो ।

नेवार समुदायको मोहनी चालं अर्थात बिजयादशमीदेखि तःननी आखं छेँबाट देवी नाच लँ प्याखं देखाएर कीर्तिपुरको द्यो ढोकामा नाच देखाएपश्चात र बाघभैरव मन्दिर परिसरमा नासः द्यः अगाडि नासः ग्वारा गायनमा नाच देखाउने चलन रहेको छ ।

यसका अलावा तःननि टोलमा देखाएपश्चात सो नाच जगतपाल महाविहार चिलंच्वका गुरु धर्म गुरुजु भएको आधारमा कोजाग्रत पुुर्णिमामा अन्तिम पटक देखाउने परम्परा रहेको छ ।

तन्त्रप्रधान यस देवी नाचमा खिं बाजा, ता, बाबुचा, प्वंगचा तालमा बजाउने यस नाचमा एक जना दांगी, दुुई जना पो, इन्द्रायणी, भैरव, ब्रम्ह्यणी देवगणहरु रहेको हुन्छ ।
https://m.youtube.com/watch?v=2T13CFoOz9I

कमेन्टहरु