कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

ड्रागन खेती सिचाइ अभावले बोटमा समस्या

उमेश रोकाया
२०८२ अशोज २६ | मध्यान्ह १२:०६ बजे

बाजुरा , असोज २६ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं ६ धुलाचौर नजिकै डाडियामा बहुउद्देश्य कृषि फर्म सञ्चालन गरेको दुई वर्ष भएको हो । ड्रागन फल फल्ने क्रममा रहेकोे छ । सिचाइ अभावले बोट सुक्दै गएको छ ।

यसपटक ४०/५० केजी फलेको हो । समय समयमा फल्ने गर्छ । अगल्लो वर्ष ३०/४० केजी फल्यो बजारीकरण पनि भएन बिक्रीमा समस्या आयोको हो । फलेका फल घरमा आउने पाहुनालाई कोसेली रूममा दिने र आएकालाई खुवाउने गरेको बिष्णुराज पाण्डेले बताउनुभयो ।

अहिलेको समय ड्रागन फल फलेर बिक्री भने हुन सकेको छैन । अलि २/४ केजी बिक्री भएको हो । स्याउको केजीको सय रुपैयाँ किनेर खाने मान्छे अलि महँगो मानेर कसैले किन्न सकिरहेको छैनन् । ड्रागनको महत्व कस्तो हो त्यति सारो पनि चिनेको पनि छैनन् ।

ड्रागन फल बिक्री नहुदा खेर गएको छ । अहिलेसम्म सुरुमा लगाएको बोट अहिलेसम्म हुर्केर केही बोट लटरम्म फलेका छन भने केही फल्न सुरु गरेको छन् । लगाएको एक वर्ष फल्न सुरु गरेको हो । यसपटक ड्रागन फल बजारीकरण नभएकाले बिक्रीमा प्रमुख समस्या परेको परेको उनको भनाइ छ ।

त्यति फलेको छैन सिँचाइको समस्याले कम फल्ने गरेको छ । लगाएको ड्रागन बोट जोगाउन गाह्रो भएको छ । पानीको अभावले केही बोट जरा सुक्न थालेका छन् र ड्रागन खेती पहिले सुरु गर्दा ५० प्रतिशत कृषि ज्ञान् केन्द्र बाजुराको अनुदानमा ड्रगन खेती सुरु गरेको हो । त्यसभन्दा पछि कहीँ कहीँबाट ड्रागन फर्मा सहयोग पाएको छैन ।

सिँचाइ ट्याङ्की बनाए पनि मात्र भइदिए भए राम्रो हुन्थ्यो । राम्रो उत्पादन हुन्थ्यो भन्ने हो । हिउँदो सिजनमा पानी प्रशस्त भएपनि बर्खा सिजनमा पानीको अभाव खेती एकदमै राम्रो हुन्थ्यो । तर बजारीकरण नभएकोले समस्या भएको छ । बाहिर बेच्न पनि गाह्रो भयो । आफू संग अहिले ४०/ ५० केजी फल फालेको छु । त्यसलाई कहाँ लगेर बिक्री गर्ने त्यत्तिकै खेर गएको छ ।

‎यसले विशेषगरी डेङ्गगो, मुटुरोग , शरीरमा पानी कम भएकालाई पनि मात्रा बढाइदिन्छ । शरीरमा रगत बढाउछ र क्यान्सर मधुमेय रोगको काम समेत गर्ने गर्छ । सरकारी तथा गैरसरकारी संस्थाले कसैले सिँचाई ट्याङ्की बनाउने सहयोग गरिदियो भने उत्पादनमा राम्रो हुन्थ्यो । यसबाट जीविकोपार्जन मात्र होईन अब २/४ वर्षमा लगाएको लगानी भन्दा २/३ लाख रुपैयाँ आमदानी हुने भएको पाण्डेले बताउनुभयो ।

कमेन्टहरु