सिराहाबाट दुई क्विन्टल गाँजा बरामद

रासस
२०८२ अशोज २४ | बिहान ११:०६ बजे

सिराहा । सिराहाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बलको गस्ती टोलीले आज बिहान भगवान गाउँपालिका–२ स्थित बलान नदी किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो ।


















