बजार/ब्यबसाय, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
खानेपानी र विद्युत व्यवस्था माग युवाहरु द्वारा बुढिनन्दामा तालाबन्दी

उमेश रोकाया
२०८२ अशोज २२ | मध्यान्ह ०८:०६ बजे

बाजुरा, असोज २२ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा युवाहरुले तालाबन्दी गरेका छन् । बुधवार दिउँसो युवाहरुले जनताको मागअनुसार काम गर्न नसकेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
युवाहरुले नगरपालिकाको कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युत सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका हुन् ।























