देश

प्रचण्डको ब्रिफिङ : माधव नेपाल समूह अब एकतामा जाने देखिन्छ

जगत ठाडा मगर
२०७८ साउन १७ | मध्यान्ह ०२:०४ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल समूह सरकारमा नआउने विश्लेषण सुनाएका छन् ।

प्रचण्डले अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही दिन लाग्ने बताए। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो समयको राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह अब पार्टी एकतामा जाने संभावना देखिएको भन्दै उनले भनेका छन्, ‘अब यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीहरुसँग छलफल गर्नुपर्ने भयो ।’

माधव नेपाल समूह सरकारमा आउँदा कसरी मन्त्रालय भागवण्डा गर्ने भनेर गृहकार्य गरेको, तर अहिले परिस्थिति फेरिएकाले थप गृहकार्य गर्नुपर्ने प्रचण्डको भनाइ रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

यसबारे साँझ छलफल हुने भन्दै प्रचण्डले भोलि ३ बजे स्थायी कमिटीको अर्को बैठक बोलाएका छन् ।

कमेन्टहरु