झापा बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो


झापा । झापाको बुट्टावारीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ। मृत्यु हुनेमा बसका सह-चालक मोरङ रंगेली –२ बस्ने वर्ष ४२ का राजकुमार चौधरी र यात्रु सुनसरी इटहरी –११ बस्ने बर्ष ४६ का दिनेशकुमार भट्टराई रहेका छन्।
चौधरीको घटनास्थलमै र भट्टराईलाई उपचारका लागि लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। बस चालक भने फरार रहेका छन्।
बिहीबार बिहान ९ः३० बजे बिर्तामोड –६ गिरीबन्धु टि–इस्टेट अगाडि पूर्व-पश्चिम राजमार्गमा बिराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४४५९ नं को सगरमाथा यातायात यात्रुबाहक बस आफै अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते हुनेहरू:
१) सुनसरी इटहरी न.पा–११ बस्ने बर्ष– ३८ का गुलसनराज शर्मा (हात खुट्टामा चोट सामान्य)
२) ऐऐ बस्ने उनकी श्रीमती बर्ष–३६ की अंकिता शर्मा (हात खुट्टामा चोट सामान्य)
३) ऐऐ बस्ने उनकी छोरी बर्ष–६ की मनसुई शर्मा (टाउको चोट अवस्था मध्यम)
४) ऐऐ बस्ने बर्ष–३७ की बिनु शर्मा (टाउकोमा चोट अवस्था मध्यम)
५) मोरङ बिराटनगर महानगरपालिका वडा नं–२ बस्ने बर्ष–४२ का सोमकुमार भुजेल –सहचालक (हात खुट्टामा चोट सामान्य)
६) पाँचथर कुम्मायक गा.पा–६ बस्ने बर्ष–२८ की गंगा लिम्बू(हात खुट्टा अनुहारमा चोट सामान्य)
७) .झापा कमल गा.पा–७ बस्ने सुवास लावतीका छोरा बर्ष–८ का लाजिहाङ लावती (टाउको चोट अवस्था मध्यम)
८) ऐऐ बस्ने बर्ष–२३ की सुहाना लिम्बू (हात खुट्टामा चोट सामान्य)
९) ऐऐ बस्ने निजकै भतिजो बर्ष–५ का मेङ्सो लिम्बु (हात खुट्टामा चोट सामान्य)
१०) मोरङ बिराटनगर मनपा –१ बस्ने बर्ष १७ की अनुषा भट्टराई –सामान्य
११)ऐ.ऐ. बस्ने बर्ष –३६ की मन्जु खतिवडा –(हात खुट्टा अनुहारमा चोट सामान्य)
१२) झापा दमक नपा –१ बस्ने बर्ष –६० की राधिका खतिवडा (हात खुट्टा अनुहारमा चोट सामान्य)
१३)जिल्ला ताप्लेजुङ फक्तालुङ गापा–१ बस्ने राकेश लिम्बू –(हात खुट्टा अनुहारमा चोट सामान्य)























