दसैँको शुभकामना दिँदै माधव नेपालले भने, ‘चाडपर्वले एकताको भावना बलियो बनाउँछ’

नवलपुर टुडे
२०८२ अशोज १६ | मध्यान्ह ०१:०६ बजे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चाडपर्वका माध्यमबाट राष्ट्रिय एकताको भावना बलियो बनाउन मद्दत पुग्ने बताएका छन् ।
बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री नेपालले विविधताबिचको एकता नेपालीको विशेषता भएको उल्लेख गरे।
साथै उनले मौलिक चाडपर्वको संरक्षणमा जोड दिँदै दसैँजस्ता पर्वले सामाजिक सहिष्णुता, आपसी मेलमिलाप तथा राष्ट्रप्रतिको प्रेम प्रवद्र्धन गर्न बल मिल्ने विश्वास व्यक्त गरे।























