यातायात

मुग्लिन–नारायणगढ सडकमा पहिरोको ‘छैन अवरोध’

नवलपुर टुडे
२०८२ अशोज १४ | बिहान ०७:०६ बजे

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा मंगलबार (असोज १४) बिहान पहिरोको कुनै अवरोध छैन । सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ । “मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोका कारण कुनै पनि अवरोध छैन, सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा रहेको छ,” सडक डिभिजनले मंगलबार बिहान ६ः३० बजे जारी गरेको सूचनामा उल्लेख छ ।

लेन अनुशासनको पालना गर्न सडक डिभिजनले आग्रह गरेको छ । “चाडपर्वमा सवारीसाधनको उच्च चाप हुने भएकोले कृपया गति सीमितमा रही लेन अनुशासनको पालना गर्नुहुन अनुरोध गरिन्छ,” सडक डिभिजनले भनेको छ । सोमबार (असोज १३) चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिक सडकमा पहिरो खस्दा करिब ६ घण्टा बाटो अवरुद्ध भएको थियो ।

यो वर्ष उक्त स्थानमा पटक–पटक पहिरो खसेर लामो समय सडक अवरुद्ध भइसकेको छ ।

 

 

कमेन्टहरु