बीपी राजमार्गमा भएको छुट्टाछुट्टै दुर्घटनामा १६ घाइते, तीन जना गम्भीर


कमलामाई (सिन्धुली) । सिन्धुली जिल्लाका दुई स्थानमा आज भएका सवारी दुर्घटनामा परी १६ जना घाइते भएका छन् । त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।बीपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–६ भालुखोलामा बालेरो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
गोलञ्जोर गाउँपालिका–४ का २६ वर्षीय ओमबहादुर रानामगरले चलाएको बा २० च ९३१ नम्बरको बोलेरो जिप काठमाडौँबाट धापचौकीतर्फ आउँदै गर्दा अनियन्त्रित भइ सडकबाट ५० मिटर तल सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनकाअनुसार गाडी चालकसहित १३ जना घाइते भएका छन् ।
प्रहरी उपरीक्षक सुवेदीकाअनुसार दुधौलीको सिर्थौलीबाट डकाहातर्फ आउँदै गरेको ग ८ प २७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको फलामको रेलिङमा ठोक्किएको थियो ।घाइतेको उद्धार गरी उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाइएकोे छ । घाइते तीनै जनाले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।























