सुनचाँदीको मूल्य निरन्तर अकासिदैँ , कतिमा हुदैँ छ कारोबार ?

रासस
२०८२ अशोज १२ | मध्यान्ह ०१:०६ बजे

काठमाडौँ, असोज १२। विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु दुई हजार ८१० निर्धारण भएको छ ।


















