बेलायती प्रधानमन्त्रीकाे प्रस्ताव : अवैध आप्रवासनलाई रोकाैँ

एजेन्सी
२०८२ अशोज १० | मध्यान्ह ०४:०६ बजे

लन्डन । अवैध आप्रवासीहरूमाथि अमेरिकाकाे कठोर नियमहरूलाई पछ्याउँदै बेलायतले पनि अवैध आप्रवासनलाई रोक्न नयाँ योजना ल्याइरहेको छ । नयाँ डिजिटल आईडी योजनाले बेलायतमा अवैध रूपमा काम गर्न र देशको सिमानालाई अझ सुरक्षित बनाउन गाह्रो बनाउने त्यहाँका प्रधानमन्त्री केयर स्टार्मरले बताएका छन् ।
डिजिटल आईडीले कसरी गर्नेछ काम ?
सरकारको डिजिटल आइडी योजनाले बेलायतमा बस्न र काम गर्ने अधिकार भएकाहरूको निगरानी सम्भव बनाउने बताइएको छ । यस अन्तर्गत नयाँ काम सुरु गर्ने वा घर भाडामा लिने जो कोहीले पनि आफ्नो फोनमा यो आइडी देखाउनुपर्नेछ । तर, यो प्रस्ताव कार्यान्वयन गर्न स्मार्टफोन वा राहदानी नभएका मानिसहरूलाई उनीहरूको अधिकारबाट वञ्चित नगरियोस् भनेर सुनिश्चित गर्न कानुन र व्यापक परामर्श आवश्यक पर्ने विश्लेषण गरिएको छ ।


















