मुख्य समाचार, रोजगार, शिक्षा, समाचार, समाज, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
विकट हिमालमा विकासको बाटो: गाेविन्द ब. मल्ल जन–यात्रा


रविन्द्र तिमिल्सिना /बाजुरा । नेपालको नक्सामा हेर्दा सबैभन्दा टाढा, सबैभन्दा विकट, सबैभन्दा कठिन भूभागमध्ये एक हो बाजुराको हिमाली गाउँपालिका। हिमाल, खोंच र नदीहरूले घेरेको यो भूभाग प्राकृतिक सुन्दरता जति धनी छ, उतिकै वञ्चना र अभावले पीडित पनि छ। बजार र सदरमुकाम बाट टाढा छ भने विकास पनि टाढा हुन्छ” भन्ने सोचाइलाई चुनौती दिंदै, यही गाउँपालिकामा अध्यक्ष बनेका छन् गोबिन्द्र बहादुर मल्ल ।
हिमालको काखमा बसेर पनि विकासको सपना देख्ने मात्र होइन, त्यसलाई व्यवहारमा उतार्ने जनप्रतिनिधि दुर्लभ हुन्छन्। गोबिन्द्र बहादुर मल्ल त्यही दुर्लभताभित्रका एक जीवित उदाहरण हुन्। विकटताको अँध्यारो चिर्दै गाउँपालिकालाई उज्यालो तर्फ लैजाने उहाँको यात्रा अझै जारी छ।
पहिलो कार्यकाल : आधारभूत सेवा र सम्भावनाको खोज २०७४ सालको स्थानीय निर्वाचनमा अध्यक्ष बनेपछि मल्लको पहिलो कदम नै आधारभूत आवश्यकता पूरा गर्ने थियो।
शिक्षा : विद्यालय भवन सुधार, छात्रवृत्ति, पोशाक र शैक्षिक सामग्री वितरण, शिक्षक दरबन्दी व्यवस्थापनमा पहल, स्वमसेबक शिक्षक लगायत अन्ने शिक्षा क्षेत्रमा ब्यापक सुधार अभियान ।
स्वास्थ्य : दुर्गम टोलटोलमा स्वास्थ्य शिविर सञ्चालन, औषधि उपलब्ध गराउने अभियान, मातृशिशु स्वास्थ्यमा विशेष ध्यान। प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना ।
पूर्वाधार : सडक सञ्जाल विस्तारको थालनी, खानेपानी योजना, बिजुली र सञ्चार सेवाको पहुँच बढाउने प्रयास।
कृषि : आत्मनिर्भरता तर्फको यात्रा सुरु गर्दै स्थानीय किसानलाई फलफुलका बोटबिरुवा वितरण, सिँचाइ सुविधा सुधार, आधुनिक कृषि प्रविधिको सुरुवात , जडिबुटी प्रसोधन तथा संकलन , एक बोट ५ केजी चामलाको अबधारणा ।
पहिलो कार्यकाल : आधारभूत सेवा र सम्भावनाको खोज २०७४ सालको स्थानीय निर्वाचनमा अध्यक्ष बनेपछि मल्लको पहिलो कदम नै आधारभूत आवश्यकता पूरा गर्ने थियो।
शिक्षा : विद्यालय भवन सुधार, छात्रवृत्ति, पोशाक र शैक्षिक सामग्री वितरण, शिक्षक दरबन्दी व्यवस्थापनमा पहल, स्वमसेबक शिक्षक लगायत अन्ने शिक्षा क्षेत्रमा ब्यापक सुधार अभियान ।
स्वास्थ्य : दुर्गम टोलटोलमा स्वास्थ्य शिविर सञ्चालन, औषधि उपलब्ध गराउने अभियान, मातृशिशु स्वास्थ्यमा विशेष ध्यान। प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना ।
पूर्वाधार : सडक सञ्जाल विस्तारको थालनी, खानेपानी योजना, बिजुली र सञ्चार सेवाको पहुँच बढाउने प्रयास।
कृषि : आत्मनिर्भरता तर्फको यात्रा सुरु गर्दै स्थानीय किसानलाई फलफुलका बोटबिरुवा वितरण, सिँचाइ सुविधा सुधार, आधुनिक कृषि प्रविधिको सुरुवात , जडिबुटी प्रसोधन तथा संकलन , एक बोट ५ केजी चामलाको अबधारणा । पहिलो कार्यकालले गाउँपालिकावासीलाई एउटा सन्देश दियो — “हिमालको छायामा पनि विकास सम्भव छ।”
दोस्रो कार्यकाल : निरन्तरता र नवीन सोच २०७९ सालमा फेरि निर्वाचित भएपछि मल्लले पहिलो कार्यकालको कामलाई निरन्तरता मात्रै दिएनन्, नयाँ सोच पनि थपे।
कृषि एम्बुलेन्स : कृषिजन्य उत्पादन बजारमा पुर्याउन कठिन हुने भएकाले विशेष किसिमको एम्बुलेन्स प्रयोगमा ल्याइयो। आधुनिक कृषि उत्पादनमा बिशेश पहल
युवाशक्ति र सीप : रोजगारीका लागि गाउँ छोड्नु नपरोस् भनेर स्थानीय सीपमूलक तालिम, उद्यमशीलता कार्यक्रम सुरु।
समाजिक सुधार : बालविवाह नियन्त्रण, लैंगिक समानता, महिला सशक्तिकरण जस्ता मुद्दामा कडा प्रतिबद्धता। दलित , जनजाति एबम पिछडिएको बर्गलाइ विशेष प्राथमिकता
शिक्षा–स्वास्थ्यमा नवप्रयोग : प्रविधिमुखी शिक्षा, आधारभुत र माध्यमिक बिधालयमा ईन्टरनेटको सुबिधा , भौगोलिक दृस्ठिकोणले टाढा रहेका ठाउँमा बिधालय समायोजन , एस.ई.ई. केन्द्र ब्यबस्थापन , शिक्षक दरबन्दी को ब्याबस्थापन जस्ता कार्यक्रमलाई निरन्तरता। दुर्गम बस्तीमा ‘मोबाइल हेल्थ क्याम्प’ मार्फत स्वास्थ्य सेवा पुर्याउने प्रयास , हेलिकप्टरमा सिरियस बिरामिलाइ नेपालगन्ज , सुर्खेत रिफर , विशेषज्ञ डाक्टर द्वारा निसुल्क स्वास्थ सिबिर संचालन ।
यातायात तथा संचार – अहिले लगभग ९५% हिमाली गाउँपालिका भरि यातायात र संचार सुबिधाको पहुच । ५% काम जारी रहेको छ । विकटतालाई चुनौती दिने साहस हिमाली गाउँपालिका बाटो र सञ्चार विहीन, प्राकृतिक प्रकोपग्रस्त र राज्यको पहुँचभन्दा टाढा मानिन्छ। तर मल्लको नेतृत्वमा यस्ता कठिनाइहरूलाई बाधा नभई प्रेरणा बनाइयो। “जहाँ बाटो पुग्दैन, त्यहाँ पनि विकासको बाटो खोज्नुपर्छ” भन्ने उहाँको भनाइ व्यवहारमै उतारिएको छ।
मूल्याङ्कन
गोबिन्द्र बहादुर मल्ललाई कुनै सामान्य अध्यक्षका रूपमा मात्र होइन, विकट क्षेत्रमा नेतृत्वद्वारा सम्भव भएको सकारात्मक परिवर्तनको प्रतीकका रूपमा लिन सकिन्छ। दुई कार्यकालमा उहाँले पुर्याएका उपलब्धिहरूले हिमाली गाउँपालिकाको मात्र होइन, सम्पूर्ण बाजुरा र सुदूरपश्चिमको विकासको कथा लेखिरहेका छन्। अझै लेखिने छ .. अब हुने निर्बाचनमा उहाँको योगदान र लगनशीलता लाइ हेर्ने हो भने प्रदेश वा प्रतिनिधि सभाको उम्मेदवार बनाउदा जनताले र देशले अपेक्षित उपलब्धि प्राप्त गर्ने निश्चित छ ।























