डेनमार्कमा एक सातामै अर्काे विमानस्थल बन्द

एजेन्सी
२०८२ अशोज ९ | मध्यान्ह १२:०६ बजे

कोपेनहेगन । डेनर्माकले आफ्नो अर्को विमानस्थल पनि बन्द गरेको छ । आकाशमाथि अज्ञात ड्रोन देखिएपछि डेनमार्कले आल्बोर्ग विमानस्थल बन्द गरेको हो । यस विमानस्थललाई व्यावसायिक र सैन्य उडानका लागि प्रयोग गरिँदै आएको छ । केही दिनअघि मात्रै अज्ञात ड्रोन देखा परेपछि देशको मुख्य विमानस्थल कोपेनहेगन विमानस्थल अस्थायी रूपमा बन्द गरिएको थियो । बिहीबार बिहान उत्तरी डेनमार्कमा रहेको आल्बोर्ग विमानस्थल नजिक एकभन्दा धेरै ड्रोन देखिएको डेनिस प्रहरीले भनेको छ ।
सोमबार कोपेनहेगन विमानस्थलको आकाशमाथि चार घण्टासम्म अज्ञात ड्रोन घुमिरहेपछि विमानस्थल बन्द गरिएको थियो । आल्बोर्ग विमानस्थल बन्द भएपछि सैन्य बल प्रभावित भएको प्रहरीले भनेको छ ।
ड्रोन त्यसरी घुमिरहनुको उद्देश्य के हो र यसलाई कसले चलाएको थियो भनेर अहिले नै भनिहाल्नु हतार हुने पनि प्रहरीको भनाइ छ । बिहीबार बिहान ड्रोन आल्बोर्ग विमानस्थलमाथिको आकाशबाट गए पनि देशको पश्चिमी क्षेत्रमा रहेको इस्बजर्ग, सोन्डरबर्ग र स्क्रा्याड्स्ट्रप सहरका विमानस्थल आसपास देखा परेको खबर आएको प्रहरीले बताएको छ ।


















