ओली–नेपाल एकताभन्दा पार्टी विभाजन उन्मुख, दुबै जना शक्ति प्रदर्शनमा

जगत ठाडा मगर
२०७८ साउन १७ | बिहान ०७:०४ बजे

काठमाडौं । दोस्रो तहका नेताहरु पार्टी एकता लागि प्रयासरत छन् । तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बोली र क्रियाकलाप भने एकताभन्दा पार्टी विभाजन उन्मुख रहेका छन् ।
शनिबार ओली र नेपाल छुट्टाछुट्टै कार्यक्रममा सहभागी भएका थिए। दुवैले एकताभन्दा एकता विरोधी अभिव्यक्ति दिए । दुवै नेताका गतिविधिले अब एक ठाउँ बस्न नसक्ने झल्को दिन्थ्यो ।
ओली शनिबार काठमाडौँ जिल्ला कमिटीको विस्तारित बैठकमा पुगे भने वरिष्ठ नेता नेपाल युथ फोर्सको समानान्तर रुपमा गठन गरिएको अखिल फोर्सको भेलामा गए । दुवै जना शक्ति प्रदर्शनमा लागेका छन् । आजको अन्नपूर्ण पोष्टबाट।






















