मुख्य समाचार, रोजगार, समाचार, सुदुरपश्चिम प्रदेश
सिलाइ व्यवसायमा गाउँमै वार्षिक डेट लाखभन्दा बढी आमदानी


बाजुरा , असोज ९ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – १ बिच्छ्या गाउँकि संगिता थापा सिलाइ कटाई गरेर वार्षिक डेट लाखभन्दा बढी आमदानी गरेकी छन । सिलाइ कटाई गाउँपालिका २०७५ सालमा ३ महिना तालिम लिएको हो ।
सिप सिक्ने बित्तिकै गाउँमा आएर सिलाइ कटाई सुरु गरेको हो । सिलाइ गर्न लागेको ७ अहिले वर्ष भयो । सिलाइमा प्राय लेडिज कपडा सिलाउने गरेको छु । जेन्स कपडा सटपाइन्ट कपडा हल्का सिलाउन आउन्छ । लेडिज कपडा सिलाउने जति जेन्सको कपडा सिलाउन आउदैन । गाउँमा सिलाइ कटाई व्यवसाय गरेर खाना लगाउन र बालबच्चालाई पढाई लेखाइ गर्ने पुगेको संगिता थापाले बताएकी छन ।
अहिलेसम्म घर खर्च चलाउन एकदमै सजिलो भएको छ । महिनामा १० देखि १२ हजारसम्म कमाई गर्ने गरेको छु । एक वर्षमा डेट लाख जति सिलाइ कटाई गरेर आमदानी भैरहेको छ । आफू सिलाइ कटाई तालिम सिक्दै गर्दा १२ जना टिम संगै आफुले सिकेको हो । अहिले आफुले मात्र सीप सिकेर उपलब्धि गरेको छु । लेडिज कपडा संगै जिन्स सट, पाइन्ट र कोट सिलाउने तालिम पाएको भए अझ राम्रो हुन्थ्यो ।
पालिकाले तालिम गर्दा ल्याएको मेसिन २ वर्ष काम चलाए अहिले फेरि आफै १८ हजार हालेर ल्याएर काम चलिरहेको छ । सिक्दा धेरैले सीप सिकेका हुन , प्रयोगमा कमै ल्याएका छैनन् । तालिम लिएका मध्य गाउँमा आफू मात्र सिलाइ कटाई गरेर बसिरहेको छु । ३ वटा बालबच्चा, श्रीमान र आफू सहित ५ जनाको घरपरिवारलाई घर खर्च धान्न सहज भएको छ ।
अझ राम्रो तालिम सिक्न अवसर पाएको भए राम्रो हुन्थे । २६ वर्षीय संगिता थापा आफू २० वर्षको हुँदा सिलाइ कटाई दुर्गम बिच्छ्या गाउँमा सुरु गरेको हो । अहिले कपडा सिलाउन युना, बौडी, गुम्बा, बामु, टिन, दैसिन, नेटा, कोट र नातिखोला मान्छेहरू आउने गर्छन् । आफू संग भएको कपडा किनेर पनि सिलाउने गर्छन् , भने कसैले बजारबाट किनेर ल्याए सिलाउने गरेका छन ।
सिलाइ कटाई तालिम आफुले सिकेको भन्दा ९/१० महिना सट, पान्ट र कोट सिलाउने तालिम सिक्न पाइए राम्रो हुन्थ्यो । महिलाहरूलाई सिलाइ कटाई तालीम मात्र नभई जुनसुकै सीप सिक्दा पनि राम्रो हुदो रहिछ । आफ्नो मालिक आफै हुन पाउदो रहिछ , कसैको गुहार गर्नुपदैन । व्यवसाय सानोतिनो जस्तोसुकै भएपनि राम्रो रहिछ । गाउँमा सिलाइ कटाई गरेर केही गर्न सकिन्छ भन्ने आशा गरेको बताए ।























