बिश्व

गाजामा युद्ध रोक्न ट्रम्प र अरब–इस्लामिक नेताहरूबिच भेटवार्ता

एजेन्सी
२०८२ अशोज ८ | मध्यान्ह ०४:०६ बजे

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा मुद्दामा अरब र इस्लामिक देशका नेताहरूसँग भेटवार्ता गरेका छन् । ह्वाइट हाउसले सो बैठकको भिडियो सार्वजनिक गरेको छ । यसमा ट्रम्पले सबै नेताहरूलाई सम्बोधन गरेका छन् ।

‘यो बैठक धेरै महत्त्वपूर्ण छ । हामी गाजामा युद्ध समाप्त गर्न चाहन्छौँ । सायद हामी यसलाई अहिले नै समाप्त गर्न सक्छौँ,’ उनले भने,‘हामी बन्धकहरूलाई फिर्ता ल्याउन र युद्ध रोक्न सक्छौँ कि भनेर छलफल गर्न भेला भएका छौँ ।’

कमेन्टहरु