क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु

रासस
२०८२ अशोज ८ | मध्यान्ह ०१:०६ बजे

हेटौँडा । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालय भवन जलेपछि हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले क्यान्टिनमा टेबुल कुर्सी व्यवस्थापन गरी कार्यालय सञ्चालन गरेको छ ।
प्रदर्शनका क्रममा भदौ २४ गते कार्यालयमा रहेको दुई वटा गाडी, दुई वटा मोटरसाइकल, करिब १५ करोड स्टिकर, कम्प्युटर, प्रिन्टर, डिजिटल डिस्प्ले, कुर्सी, दराज, टेबललगायतका सम्पूर्ण सामान जलेको प्रमुख सुवेदीले बताए । क्षति विवरण सङ्कलन भइरहेकाले कति मूल्य बराबरको क्षति भएको यकिन भई सकेको छैन ।


















