बिश्व

इटालियन अभिनेत्री क्लाउडिया कार्डिनलको निधन

एजेन्सी
२०८२ अशोज ८ | बिहान ११:०६ बजे

रोम । इटालियन अभिनेत्री क्लाउडिया कार्डिनेलको निधन भएको छ । अभिनेत्री द लेपर्ड, ८½, र वन्स अपन अ टाइम इन द वेस्ट’ लगायत फिल्ममा आफ्नो भूमिकाका लागि चर्चित थिइन् । मंगलबार फ्रान्सको नेमोर्समा ८७ वर्षको उमेरमा अभिनेत्रीको निधन भयो ।

नेमोर्सस्थित घरमा प्राकृतिक कारणले अभिनेत्रीको मृत्यु भएको कार्डिनेलका एजेन्ट लरेन्ट सवारीले पुष्टि गरेका छन् । यस घरमा उनी फिल्म निर्माता पास्क्वाले स्क्विटेरीसँगै बस्थिन् । २०१९ मा हिप सर्जरी गराएपछि अभिनेत्री सार्वजनिक रूपमा कमै देखा परिरहेकी थिइन् । उनलाई कुनै ज्ञात दीर्घकालीन रोग नभएको केही मिडिया रिपोर्टहरूले बताएका छन् ।

ट्युनिसियामा सौन्दर्य प्रतियोगिता जितेपछि क्लाउडिया कार्डिनेलले १७ वर्षको उमेरमा आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । त्यसपछि उनले इटालियन फिल्म उद्योगमा प्रवेश गरिनन् । १९५८ को कमेडी क्लासिक ‘बिग डिल अन म्याडोना स्ट्रिट’ बाट उनले अभिनयमा डेब्यू गरिन् । यस फिल्ममा कार्डिनेलले कालो पोसाक लगाएकी सिसिलियन केटीको भूमिका निर्वाह गरेकी थिइन् । यो फिल्म फ्रान्को क्रिस्टल्डीले निर्माण गरेका थिए कार्डिनेलले पछि क्रिस्टल्डीसँग विवाह गरिन् । यो विवाह १९६६ देखि १९७५ सम्म चल्यो ।

कमेन्टहरु