चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

रासस
२०८२ अशोज ७ | बिहान ११:०६ बजे

चितवन, असोज ७। जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका छन् । सङ्क्रमित ३४ देखि ४४ वर्ष उमेर समूहका रहेका कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न देशमा र नेपालका विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएर फर्किएकामा यो रोगको सङ्क्रमण देखिएको हो ।


















