दुई सन्तानको हत्या गरेको आरोपमा आमा दोषी ठहर

उमेश रोकाया
२०८२ अशोज ७ | बिहान १०:०६ बजे

अकल्यान्ड, असोज ७। न्युजिल्याण्डमा एक आमालाई आफ्ना दुई छोराछोरीको हत्या गरेर उनीहरूको शव सुटकेसमा लुकाएको आरोपमा दोषी ठहर गरिएको छ। यो घटनाले देशलाई नै स्तब्ध बनाएको थियो। ४४ वर्षीया हाक्युङ लीलाई अकल्यान्ड उच्च अदालतले मंगलबार हत्याको अभियोगमा दोषी ठहर गरेको हो। एएफपी समाचार एजेन्सीका अनुसार, उनलाई आजीवन कारावासको सजाय हुन सक्छ।


















