देश

कैलालीको कान्द्रा नदीमा नुहाउन गएका तीन बालिका मृत अवस्थामा फेला

जगत ठाडा मगर
२०७८ साउन १६ | मध्यान्ह ०५:०४ बजे

कैलाली । कैलालीको भजनी नगरपालिका-९ डोङपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा तीन बालिकाको मृत्यु भएको छ ।

शुक्रबार नुहाउने क्रममा भजनी नगरपालिका- ९ डोङपुरका धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह, रामफल चौधरीकी ७ वर्षीया छोरी जेनी चौधरी र धनबहादुर सिंहकी ६ वर्षीया छोरी अनु सिंहको मृत्यु भएको हो । लक्ष्मी र जेनीको शव शुक्रबार नै फेला परेको थियो भने बेपत्ता भएकी अनुको शव शनिबार फेला परेको हो ।

शनिबार बिहान साढे ७ बजेतिर सोही नदीको करिब ३ किलोमिटर पर अनुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

कमेन्टहरु