बिश्व

फिलिपिन्स नजिक आयो शक्तिशाली ताइफु

एजेन्सी
२०८२ अशोज ६ | मध्यान्ह १२:०६ बजे

मनिला । रागासा नाम गरेको सुपर ताइफु फिलिपिन्सको नजिक आइपुगेको छ । क्षेत्रीय अधिकारीहरूले यसलाई विनाशकारी हुनसक्ने भनेका छन् । रागसा ताइफु प्रतिघण्टा २३० किमीका दरले अगाडि बढिरहेको छ ।

सोमबार उत्तरी चीनतर्फ लाग्नुअघि यसले उत्तरी टापुमा पहिरो खसाएको थियो । ताइफुका कारण मान्छेको ज्यान नै जाने आँधी आउन सक्ने फिलिपिनी मौसम विभागले भनेको छ । राजधानी मनिलासमेत देशको अधिकांश हिस्सामा विद्यालय र सरकारी कार्यालय बन्द गरिएको छ ।

त्यसलगत्तै अधिकारीहरूले बाढी र पहिरो जानसक्ने चेतावनी दिएका छन् । ताइफुका कारण पहिरो जान सक्ने भविष्यवाणी गरिएको सुदूरको बातानेज टापुमा करिब २० हजार मानिस बस्छन् । यीमध्ये अधिकांश गरिबीमा बाँचिरहेका छन् ।यो टापु ताइवानबाट ७४० किम पर छ । रागासा ताइफुले ताइवानलाई सिधै प्रभावित नपारेपछि त्यहाँको पूर्वी टापुमा भारी वर्षा गराउन सक्ने बताइएको छ । सुपर ताइफु पाँचौँ श्रेणीको समुद्री आँधी बराबर हुन्छ ।

कमेन्टहरु