सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

रासस
२०८२ अशोज ६ | बिहान १०:०६ बजे

काठमाडौँ, असोज ६। यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट ९अनुमति० खुला गरिएको छ। देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।
रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउने छन्। कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ।


















