नवलपरासीबाट लागुऔषधसहित एकजना पक्राउ

नवलपुर टुडे
२०८२ अशोज ५ | मध्यान्ह ०७:०६ बजे

परासी । पश्चिम नवलपरासीबाट अबैध लागुऔषधसहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा रामग्राम नगरपालिका- २ दुर्गाटोल बस्ने वर्ष १९ को सारुक कुरैसी रहेका छन ।
उनलाई विशेष सुचनाको आधारमा आईतबार साझ ४ बजे जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले निजको घरमा पुगि खानतलासी गर्दा ONEREX 100ml लेखेको १०७ बोतल, NITRAZEPAM Tablet 10mg लेखेको ६०३ ट्याब्लेट र PROXYCO SPAS लेखेको ३९४२ क्यापसुल फेला पारी पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले नवलपुर टुडेलाई जानकारी दिएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान जारी राखेको पन्तले बताए ।























