प्रबास

डोनाल्ड ट्रम्पलाई भेट्दै छन् पाकिस्तानी प्रधानमन्त्री शरीफ

एजेन्सी
२०८२ अशोज ५ | मध्यान्ह ०५:०६ बजे

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्दै छन् ।शरिफले मंगलबार न्युयोर्कमा सुरु हुने संयुक्त राष्ट्र संघको महासभाको ८०औँ सत्रमा पाकिस्तानको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन् । प्रधानमन्त्री शरीफले महासभा सत्रको छेउमा अमेरिकी राष्ट्रपति ट्रम्प र अन्य मुस्लिम देशका नेताहरूसँग भेट लेखेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको बीबीसी उर्दूले लेखेको छ ।

यस बैठकमा क्षेत्रीय र विश्वव्यापी शान्ति र सुरक्षाबारे छलफल हुने बताइएको छ । भ्रमणमा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार पनि प्रधानमन्त्रीसँगै हुनेछन् । यस भ्रमणको क्रममा शरीफले इजरायल–गाजा द्वन्द्व समाधान गर्ने आवश्यकतामा जोड दिने पाकिस्तानको विदेश मन्त्रालयले बताएको छ । 

कमेन्टहरु