‘पार्टी नेता, कार्यकर्ताबाट रु १० सहयोग उठाएर कांग्रेसका पार्टी कार्यालय पुनःनिर्माण गर्छौं’ : कांग्रेस उपसभापति धनराज गुरुङ

रासस
२०८२ अशोज ३ | मध्यान्ह ०४:०६ बजे

काठमाडौँ, असोज ३। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट रु १० का दरले सहयोग उठाएर पार्टी केन्द्रीय कार्यालयको पुनर्निर्माण गर्नुपर्ने बताउनुभएको छ ।‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएको पार्टी कार्यालयको अवस्था बुझ्दै उहाँले पार्टीको कार्यालय पुनःनिर्माणका लागि सहयोग अभियानमा जुट्न पनि आह्वान गर्नुभयो ।
उपसभापति गुरुङले अब महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले दिएको सुझावअनुसार पार्टी अगाडि बढ्नुपर्ने बताउनुभयो । आफूले पटकपटक २०४६ सालयता लाभको पदमा पुगेका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठाएको स्मरण गर्दै उहाँले त्यसो गरेको भए हालको अवस्था सिर्जना नहुने जिकिर गर्नुभयो ।























