कपिलवस्तुमा काठ तस्करी, १२ गोलिया खैराे काठ बरामद


कपिलवस्तु । कपिलवस्तुको नेपाल भारत सिमानाकामा काठको तस्करी बढेको छ । यसक्षेत्रका सिमानाकामा दर्जनौ काष्ठ उद्योग र फर्निचर उद्योग संचालनमा छन । यसक्षेत्रका काष्ठ उद्योग र फर्निचरका उद्योगहरुले भारतबाट काठ तस्करी गरी आपुर्ती गर्छन ।
त्यहिक्रममा प्रहरीलाई प्राप्त विशेष उचनाको आधारमा बिजयनगरकाे सिमानाका पिल्लर नम्बर ५७७/५ काे झाडीमा लुकाईछिपाई राखेकाे खैराे काठ बरामद गरिएको छ ।
ठकुरापु प्रहरी चौकी, साझेदारी बन ठकुरापुर, सशस्त्र प्रहरी बल डालपुर,र इलाका प्रहरी गणेशपुरकाे संयुक्त टाेलीले १२ वटा खैराे काठ बरामद गरेकाे हो । बरामद गरिएको काठको मुल्य ६० हजार बराबरको रहेको छ ।
विजयनगर गाउँपालिकाका वडा नन्बर ६ र ७, कृष्णनगर नगरपालिका- १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्करहरुले काठका गाेलियाहरु झाडी, बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याउने श्रोतले बताएका छन ।
जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर, परशरामपुरघाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे गणेशपुर प्रहरी टोली जनाएको छन ।























