मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध

नवलपुर टुडे
२०८२ अशोज १ | बिहान ०८:०६ बजे

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
गएराति ९ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाएर सडक आवागमन एकतर्फी सुचारू भएकोमा पुनः माथिबाट पहिरो जाँदा आवागमन दुईतर्फी नै अवरुद्ध भएको छ ।
बिहानैबाट पहिरो हटाउने काम सुरु गरिएको र बाटो पुन सञ्चालनमा आउन कम्तीमा २ घण्टा लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।























