मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

भागेश्वरी माविमा ६१ औं राष्ट्रिय बाल दिवसमा हाजिरी जवाफ प्रतियोगिता

उमेश रोकाया
२०८२ भदौ २९ | मध्यान्ह ०६:०५ बजे

बाजुरा , भदौ २९ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नं. ५ रुगिन गाउँमा रहेको भागेश्वरी माध्यमिक विधालयमा ६१ औं राष्ट्रिय बाल दिवसको अवसरमा अन्तर सदानात्मक हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ ।

बाल दिवसको नारा ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने अभियानका साथ विधालयमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम गरेका हुन । संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता विषय नारा लगाएर गाउँ परिक्रमा गरेर जुलुस समेत गरेका थिए ।

अन्तर सदानात्मक हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सहभागिता भएर प्रथम, तृतीय र तृतीय हुने बालबालिका तिमीहरूलाई कापीकलम पुरस्कार वितरण गरिएको थियोे । प्रत्येक वर्षको भदौ महिनाको २९ गते विभिन्न कार्यक्रम गरेर बाल दिवस मनाउदै आइरहेको विधालय शिक्षक धनबहादुर बुढथापाले बताउनुभयो ।

उक्त कार्यक्रम बालसमुह अध्यक्ष गिता बुढथापा प्रमुख अथिती विधालय व्यवस्थापन समिति अध्यक्ष दल बहादुर चदारा बिशिस्ट अथिती प्रधानाध्यापक दिल बहादुर कार्की र शिक्षक वीर बहादुर रावत, अशोक कुमार बराल, धन बहादुर बुढथापा सहभागिता रहेका थिए ।

वि.सं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमित रूपमा मनाउन थालेको पाइन्छ ।

कमेन्टहरु