कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
हिमालीको स्याउ सुर्खेत नेपालगन्ज बजारमा


बाजुरा , भदौ २९ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ६ धिम गाउँ नजिकै झिनीमा रहेका स्याउ सुर्खेत नेपालगन्ज बजारमा पुगेको छ । झिनी बगैंचा थन्किएको यसपालि ४५ क्विन्टल स्याउ बिक्री गरिएको छ।
३० वर्ष भन्दा अगाडि देखि झिनी लेखमा ३५ घरपरिवारले स्याउ खेती गर्दै आइरहेका कृषकहरुको उत्पादन गरेको स्याउ यो वर्ष राम्रो मुल्यमा बिक्रि भएको छ । पहिला उत्पादन गरेको स्याउ बगैंचामा बादरले खाने र रुखमा खुइने गरेको थियोे । केही स्याउ लेखमा गाइ भैंसीलाई खुवाउने गरेको थियो । यसपटक बगैंचाबाट स्याउ खरिद गर्ने मान्छे आएर बिक्री भएको कृषक मोहन रावतले बताएका छ्न ।
एक केजीको ५५ रुपैयाँ दरले ४५ क्विन्टल स्याउ हिमाली गाउँपालिकाको झिनी लेखको स्याउ सुर्खेत नेपालगन्ज सहरमा पुगेको छ । झिनीमा ४० घरपरिवार जनाभन्दा बढी स्याउ खेती गर्दै आएका छन । अहिले १० हजार देखि २५ हजार सम्म स्याउ बिक्रि गरेर आम्दानी गरेका कृषक सिदा रावतले बताएकी छन ।
धेरै वर्ष देखि स्याउ खेती गर्दै अहिलेसम्म उत्पादन गरेको स्याउ बजारको समस्याले बजारीकरण ठूलो चिन्ता थियो । यतिखेर स्याउले बजार पाउदा स्थानीय कृषकहरू खुशी भएका छन । आगामी वर्ष यो सालभन्दा आउदो पटक राम्रो गर्ने तरिकाले लाग्ने भएका छौँ । अर्को पटक अहिलेको भन्दा दोब्बर फलाउने तिर जोड दिइने रावतले बताए ।
स्याउ खेतीमा पानीको समस्या गर्दा उत्पादन कम फल्ने गरेको छ । स्याउ बगैंचा सिचाइ सुबिधा भयो, भने अझ राम्रोसँग फल्ने सकिने भएको छ । अहिलेसम्म आकाशे पानीको भरमा स्याउ खेती गर्दै आइरहेको छौँ । यसपटक ४५ क्विन्टल जति उत्पादन भयो । अर्को वर्ष सय क्विन्टल भन्दा बढी फलाउने गरि लाग्ने भएका छौँ । झिनी लेखको स्याउ सुर्खेत नेपालगन्ज सहरमा पुगेको छ ।























