जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

रासस
२०८२ भदौ २९ | मध्यान्ह ०२:०५ बजे

चितवन,भदौ २९। कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।


















