मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

अहिलेको संकटको समाधान

उमेश रोकाया
२०८२ भदौ २७ | बिहान १०:०५ बजे

बाजुरा , भदौ २७ । सेनाले सहजीकरण गरि रास्ट्रपति को मध्यस्थता मा  प्रमुख राजनितिक दल र Gen z नेपाल बिच बार्ता गर्नु र सहमती खोज्नु तेहि अनुसार समाधान खोज्नुहोस । यहि सहमती बाट जेन जि का माग अनुसार  संविधान संशोधिन गरि अन्तरिम सरकार बनाउदा राम्रो हुन्छ ।

‎अनि मात्र अन्तरिम सरकारको प्रधानमन्त्री को?नत्र अरु बिकल्पमा त देश अस्थिरता तिर जान सक्ला जस्तो छ । दल बिहिन अबस्थाको लोकतन्त्र मा कल्पना गर्न सकिँदैन । अहिले आक्रोश को अबस्थामा जस्ले जे भने पनि । Gen z ले सोचेजस्तै अन्तरिम सरकार गठन गरेर मात्र यो सकट समधान हुदैन ।

राजनितिक दल र Gen z को सहमती बिना दिगो शान्ती सम्भब छैन र देशले निकास पाउदैन । यहि अबस्थामा अन्तरिम सरकार गठन त जेन जि ले बनाउलान तर ससद जिबित देखिन्छ यो मुद्दा  अदालतमा प्रबेश गर्छ । अनि गाठो पर्छ । अहिले पो डरले राजनिक दल बाहिर निस्केको छैन सधै यहि अबस्था त नरहला ।

निषेध त न जेन जि को कल्पना हो न अरुको लोकतन्त्रत्को बिकल्प पनि नहोला सवैले कुन्डा आक्रोश त्याग गर्नै पर्छ । जेन जि पनि त आखिर राजनितिक दलको रुपमा उदय हुने नै त होला ।

‎हिजो को अभ्यास हेरौ बि.स. २००७ सालको क्रान्ती पछि बि.स. २०४६/४७ साल बि.स. २०६२/६३ साल पर्छ । ‎अझै बिश्व का क्रान्ती हेरौ बिद्रोही पक्ष र अर्को पक्ष बिच साझा सहमति हुनै पर्छ ।

‎अब चाइना \ उत्तर कोरिया मोडल त जेन जि जानसक्दैन होला?  सैनिक शासन पनि त धेरै टिक्दैन होला ?आखिर लोकतन्त्र त । निशेध सम्भब छैन । दिगो शान्ती को लागि  (राती ३:३० मिति २०८२/०५/२६  ) देशको चिन्ता

जस्ले जे गरे पनि जेन जि र राजनीतिक दल बिचको सहमती बिना अहिलेको सन्कट समाधान हुदैन ।‎अर्को बिकल्प आबश्यकताको सिद्धान्त अनुसार कुनै स्वतन्त्र ब्यक्ति लाई अन्तरिम सरकारको अध्यक्ष बनाउन सकिने व्यवस्था छ । तर यो पनि त सहमति अनुसार होला नि मेरो अन्तर मन ।

कमेन्टहरु