मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
संविधान जोगाउँ, देश वचाऔं संविधानको रक्षाका लागि संयुक्त आन्दोलन


बाजुरा , भदौ २७ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा बुढिनन्दा नगरपालिका कोल्टीमा संविधान जोगाउँ , देश वचाऔं संविधानको रक्षाका लागि संयुक्त आन्दोलन गरिएको छ । बिहीबार बेलुका शिव मिलन पार्क कोल्टीमा संयुक्त आन्दोलन गरिएको हो ।
संविधानको रक्षा गरौं , संविधान मास्न पाईदैन , अरु हामी जान्दैनौ , सैनिक शासन मान्दैनौं , जेन जी का उपयुक्त माग सम्बोधन गर , विधीको शासन कायम गर , र रास्ट्रपति लाई सार्वजनिक गर नाराका साथ संविधान जोगाउँ, देश वचाऔं संविधानको रक्षाका लागि संयुक्त आन्दोलन गरिएको बताएको छ ।
राष्ट्रिय एकताको जगलाई सुरक्षित राख्न सबै नागरिक सजग हुनुपर्नेमा जोड दिनुपर्ने “संबिधान जोगाऔं, देश बचाऔं भन्ने मूल नाराका साथ हामीले संयुक्त आन्दोलन थालेका छौँ। यो बुढिनन्दा नगरपालिकाको अभियान मात्र नभएर सम्पूर्ण नेपाली जनताको साझा आन्दोलन रहेको छ । संविधान कार्यान्वयनमा अवरोध गर्ने शक्ति र गतिविधिलाई जनशक्तिको बलले निरुत्साहित गर्नुपर्ने बुढिनन्दा नगरपालिका नगर प्रबक्ता जंगवीर रोकायाले बताउनुभयो।
शान्तिपूर्ण र लोकतान्त्रिक आन्दोलनमार्फत मात्र देशलाई सुरक्षित र स्थिर बनाउन सकिने बताउँदै सिमाना सुरक्षामा सरकार गम्भीर हुनुपर्ने माग समेत राख्नुभयो । उहाँका अनुसार विदेशी हस्तक्षेप बढ्दै गएको सन्दर्भमा स्थानीय तहदेखि संघीय तहसम्म सबै जिम्मेवार निकायले सतर्कता अपनाउनुपर्ने बेला आएको छ । र्यालीमा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले संविधानको संरक्षणलाई आफूहरुको साझा दायित्व भएको बताएका छ्न। उनीहरुले संविधानमाथि हुने कुनै पनि आक्रमणलाई सहन नहुने चेतावनी दिँदै सबै दल र नागरिकले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
गाउँदेखि शहरसम्म, प्रत्येक नागरिकले सचेत भएर देश र संविधानको पक्षमा उभिनुपर्ने उनीहरुको धारणा थियो । शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उक्त र्यालीले बजार क्षेत्रमा विशेष उत्साह र जनचेतना फैलाएको सहभागीहरुको अनुभव छ । सडकमा उत्रिएका सर्वसाधारणले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको पक्षमा स्वर उठाउनु देशभक्तिको प्रतिबिम्ब भएको बताएका थिए ।























