काठमाडौं । जेनजी आन्दोलनको फाइदा उठाउँदै देशका विभिन्न जेलबाट १४ हजार ३०७ कैदीबन्दी भागेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार भागेका १४ हजार ३०७ मध्ये १ हजार ४५५ लाई पुनः पक्राउ गरी फर्काइएको छ । अझै १२ हजार ८५२ जना कैदीबन्दी फरार हरेका छन् ।
धेरै स्थानमा कैदीबन्दीलाई नियन्त्रण गर्न प्रहरीले फायरसमेत खोल्दा केही कारागारमा कैदीबन्दीको ज्यानसमेत गएको छ । प्रहरीले सूचना जारी गर्दै सबै कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरिसकेको छ ।




















