राजनीति

सुशीला कार्कीले स्वीकार गरिन्, सरकार प्रमुख बन्ने जेनजीको प्रस्ताव

नवलपुर टुडे
२०८२ भदौ २५ | मध्यान्ह ०६:०५ बजे

काठमाडौँ । अन्तरिम सरकार प्रमुख बन्न जेनजी समूहले गरेको प्रस्ताव पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले स्वीकार गरेकी छन्। यसअघि जेनजीको भर्च्युअल बैठकमा बहुमत सदस्यहरूले सुशीला कार्कीको नाम पहिलो रोजाइमा राखेपछि उनीसँग सम्पर्क गरिएको हो। जेनजी समूहको भर्चुअल बैठकमा जेनजी समूहका सदस्य र्‍यान्डम नेपाली अर्थात राष्ट्रविमोचन तिमल्सिनाले उक्त जानकारी दिएका हुन्।

जेनजीहरूमाझ अन्तरिम सरकार प्रमुखमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की उपयुक्त पात्र हुने भन्दै चर्चा चलेको हो। जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्।

उनीहरूले प्रारम्भिक १० नामहरूमध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा छानेका हुन्। यसअघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको सैनिक स्रोतले बताएको छ।

कमेन्टहरु