मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

सर्वसाधारणलाई विना काम बाहिर ननिस्किन आग्रह

उमेश रोकाया
२०८२ भदौ २५ | बिहान ०८:०५ बजे

बाजुरा, भदौ २५ । काठमाडौं लगायत देशभरका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।

साेही क्रममा बाजुरा सदरमुकाममा पनि नेपाली सेनाले गस्ती गरिरहेकाे जिल्ला  सुरक्षा  समिति बाजुराले जनाएकाे छ  । जिल्ला प्रशासन कार्यालय बाजुराले  सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गरेकाे छ ।

‎काठमाण्डाै लगायत देशभर आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ । प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन् ।

कमेन्टहरु