कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
रेरास परियोजना द्वारा कृषकलाई जलवायु मैत्री कृषि सामाग्री वितरण


बाजुरा , भदौ २० । रेरास परियोजना द्वारा हिमाली गाउँपालिका कृषकलाई जलवायु मैत्री कृषि सामाग्री वितरण गरिएको छ । विशेषगरी पालिका रहेका फैती, बोल्डिक,बाँधु, कुवाडी, बोर्ता, शाखा र लेब्डी सहित २० जना कृषकलाई कृषि सामाग्री दिएको हो ।
प्लास्टिक टर्नेल, थोपा सिचाइ सेट र IPM पासोहरु लगायत जलवायु मैत्री कृषि सामाग्री हस्तान्तरण गरिएको छ । कृषि पेशामा चासो राख्ने विशेषगरी महिला र दलित वर्गलाई कृषि क्षेत्रमा भबिष्य देख्ने कृषकलाई राहत स्वरुप प्रदान गरिएको रेरास परियोजनाका कृषि प्राबिधिक खिम ओलीले बताउनुभयो ।
कसैले टर्नेल किन्न नसक्ने किसानहरुलाई प्लास्टिक टर्नेल प्रयोग गरेर आय आर्जन वृद्धि हुने रोजगारी सिर्जना संगै आफ्ना बालबच्चालाई कापीकलम किन्न सक्ने खालको महत्त्वपूर्ण टेवा पुग्ने भएको छ ।
मुख्य कुरा किसानहरूले सानोतिनो कृषि सामाग्रीहरुले तरकारी उत्पादन गरेर आफू खाएर बजारमा बेच्न सक्नेलाई मात्र दिएको हो । रेरास परियोजना द्वारा कृषि सामाग्री दिदा धेरै सहयोग भएको छ । अझ यसले तरकारी उत्पादनमा जोड दिने अवस्था पुग्ने ओलीले बताउनुभयो ।
हामीले पैसा हालेर किन्ने कृषि सामाग्री हामी कृषकहरूले नि:शुल्क पाएको हुँदा धेरै खुसी छौँ । आगामी दिनमा अहिलेको भन्दा धेरै कृषि क्षेत्र उत्पादन तिर राहत हुने भएको कृषक बिष्णु राज पाण्डेले बताउनुभयो ।























